काठमाडौं। प्रभु बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले फागुन १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो।
नयाँ ब्याजदर अनुसार बैंकले साधारण बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ। हाल बैंकले १६ प्रकारका साधारण बचतखाता सञ्चालन गरिरहेको छ।
बैंकले मुद्दति खातामा व्यक्तिगत तर्फ ३ महिनादेखि ६ महिनासम्मलाई ५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मलाई ६।५० प्रतिशत र १ वर्षभन्दा माथि ब्याज दिने घोषणा गरेको छ।
यसैगरी, बैंकले कर्जातर्फ ७.२४ प्रतिशत वेसरेट र ३.३६ प्रतिशत स्प्रेडदर कायम गरी ब्याजदर निर्धारण गरेको छ। हाल बैंकको ३० प्रकारका कर्जाका प्रोडक्टहरु छन्। जसमा बैंकले न्यूनतम ९.२४ प्रतिशतदेखि अधिकतम ११.२४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। बैंकले सवारी कर्जा, सेयर धितो कर्जा, ओभरड्राफ्ट, डिमाण्ड लोन ११.२४ प्रतिशतमाथि ब्याजदरमा दिने उल्लेख गरेको छ। साथै, ५ वर्षदेखि २५ वर्षसम्म घर कर्जाको ब्याजदर समेत ११.२४ प्रतिशत माथि हुने बैंकले जनाएको छ।
बैंकले फिक्स्ड ब्याजदर तर्फ ५ वर्षसम्मको घर कर्जा ९.९९ प्रतिशत, अटो लोन १०.२४ प्रतिशत र अन्य पर्सनल लोन १०.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। साथै, ५ वर्षदेखि १० वर्षसम्मको घर कर्जा १०.९९ प्रतिशत, अटो लोन ११.२४ प्रतिशत र अन्य पर्सनल लोन ११.९९ प्रतिशत फिक्स्ड ब्याजदर बैंकले निर्धारण गरेको छ।



लोकपाटी न्यूज

