टेलिकमको फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सुरु

Nepal-Telecome-office
लोकपाटी न्यूज

काठमाडौं। नेपाल टेलिकमले फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सुरु गरेको छ। नेपाल टेलिकमले १७ औ बार्षिकोत्सवको अवसरमा वाईफाइको रुपमा फोरजी वायरलेस होम ब्रोडव्यान्ड सेवा सञ्चालनमा ल्याएको हो। कम्पनीको एफटीटीएच तथा एडीएसएल सेवा नपुेको तथा वायरलेस माध्यमबाट धेरै डेटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले यो सेवा प्रयोग गर्न सक्नेछन्।

सीपीई (कस्टमर प्रिमिसेस इक्विपमेन्ट) प्रयोग गरी यो सेवामार्फत सस्तो दरमा फोरजी वायरलेस होम ब्रोडब्याण्ड प्रयोग गर्न सकिनेछ। सेवा सुरु गरेको बताउदै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यो सेवा मुलुकभरका लागि ल्याइएको बताए।

यो सेवाको लागि ग्राहकले प्रति महिना नौ सय रुपैयाँमा ६० जीबी, १५०० रुपैयाँमा १२० जीबीमा ग्राहकले सेवा लिन सक्ने छ। त्यस्तै वार्षिक ९ हजार ६०० रुपैयाँमा ७२० जीबी र १६००० रुपैयाँमा १४४० जीबीमा उक्त सेवा उपलब्ध हुने बताइएको छ। १६००० रुपैयाँको प्याकेज लिँदा प्रति जीबी डेटा शुल्क ११.११ रुपैयाँमात्र पर्न आउने टेलिकमले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्