काठमाडौं। चन्द्रागिरि हिल्सको आईपीओ आउँदो शुक्रबारसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण हुने भएको छ। यही साता सूचीकरण भए पनि दोस्रो बजारमा सेयर कारोबार भने आगामी साताबाट हुने नेपाल स्टक एक्सचेन्जले जनाएको छ। नेप्सेले तोकेको ओपन रेञ्जअनुसार पहिलो कारोबार हुनेछ।
चन्द्रागिरि हिल्सले पुस २४ गतेबाट २८ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता सेयर निष्कासन गरेको थियो। कुल १५ लाख ३४ हजार ९१ कित्तामध्ये ४५ अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५५ अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो।
यस आईपीओमा कुल १२ लाख १६ हजार ९ सय ५३ जनाले आवेदन दिएकामा ५ हजार ८ सय ३८ जनाको आवेदन रद्ध भएको छ। १२ लाख ११ हजार ११५ जना योग्य आवेदनलाई मात्र गोलाप्रथामा सहभागी गराइएको थियो। यसमध्ये १० लाख ७१ हजार ५१३ जना आवेदकको हात खाली भएको थियो।



लोकपाटी न्यूज