काठमाडौं: आज प्रि ओपनिङ सेसनमा प्रभु लाइफको शेयर मुल्य ४६ रुपैयाँले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबारको प्रि ओपनिङमा उक्त कम्पनीको शेयर मुल्य ४.९८ प्रतिशतले बढेको हो।
हिजो उक्त कम्पनीको शेयर मुल्य ९२४ रुपैयाँ थियो । तर, आज त्यो बढेर ९७० रुपैयाँ पुगेको छ।
केही समय अघि नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको यस कम्पनीको शेयर मुल्य दैनिक सकरात्मक सर्किट लेभेलमा बढेको छ। आज भने के हुन्छ, त्यो हेर्न बाँकी छ।
त्यस्तै,शेयर बजार परिसूचक नेप्से २५०० विन्दु माथि पुगेको छ। बुधबार बजार खुलेको केहि समयमानै नेप्से सूचकले २५०० विन्दु पार गरेको हो। बजार खुलेको १० मिनेटमा नै नेप्से सूचक ४१ अंकले बढेर २५१५.०४ विन्दुमा पुगेको हो। यस अवधिमा ३४ करोड ९९ लाख रुपैयाँ बराबरको ५ लाख ८२ हजार १४३ कित्ता शेयर कारोबार भएको छ।



लोकपाटी न्यूज