१० अर्ब बराबरको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

लोकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार (आज) १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले आज बोलकबोल मार्फत सो बराबरको विकास ऋणपत्र बिक्री गर्न लागेको हो। आज ३ बजे ऋणपत्रको बिषयमा बोलकबोल हुनेछ। राष्ट्र बैंकले आन्तरीक ऋण उठाउन उक्त विकास ऋणपत्र उठाउन लागेको हो। राष्ट्र बैंक ६ बर्षको अवधीको लागि उक्त विकास ऋणपत्र जारी गर्न लागेको हो। ऋणपत्रको नाम विकास ऋणपत्र २०८३ ग राखिएको छ।

उक्त ऋणपत्र बैंक तथा वित्तिय संस्था, गैर बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संस्था नेपाली नागरिकहरुले खरिद गर्न सक्नेछन्। उनीहरुले घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सिमामा नबढाईं रु। ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिनुपर्ने छ।

ऋणपत्रमा प्राप्त आवेदनको आधारमा भोली बोलकबोल हनेछ। बिशेषगरि बोलकबोल मार्फत नै व्याज निर्धारण गरिने छ । र आगामी माघ २१ गतेदेखि ऋणपत्रको अवधी सुरु हुनेछ। यसमा अर्धबार्षिक रुपमा नै व्याज भुक्तानी गरिने छ। सावा भने २०८३ माघ २१ गते भुक्तानी गरिने छ। यसमा खरिदकर्ताहरु प्रतिस्पर्धी र अप्रतिस्पर्धीको रुपमा सहभागी हुने सक्ने छन्। अप्रतिस्पर्धीहरुका लागि १५ प्रतिशत १ अर्ब ५० करोड छुट्टाइएको छ। यसबाहेकको रहम प्रतिस्पर्धी खरिदकर्तालाई छुट्टाईको छ।