वाणिज्य बैंकमा खाता खोल्दा नमस्तेको सिम सित्तैमा, कसरी खोल्ने अनलाइन खाता ?

sim-cards NTC
लोकपाटी न्यूज

काठमाडौं। वाणिज्य बैंक र टेलिकमबिच ग्राहकका लागि नयाँ प्याकेजमा सहमति भएको छ। अब राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा अब नेपाल टेलिकमको सिम सित्तैमा पाइने भएको छ। नेपाल टेलिकमसँगको सहकार्यमा राष्ट्रिय वाणिज्य बैंकले यस्तो अफर ल्याएको हो।

राष्ट्रिय वाणिज्य बैंकको कुनै पनि शाखामा गएर खाता खोलेर यस योजनाको लाभ लिन सकिने छ। राष्ट्रिय वाणिज्य बैंकले देशभरका विभिन्न शाखा कार्यालयहरुमार्फत सेवा दिइरहेको छ। त्यसैगरी बैंकको ‘आरबीबी स्मार्ट’ मोबाइल एपबाट घरैमा बसेर सरल तरिकाले विद्युत, इन्स्योरेन्स, स्कुल फी, बैंकको किस्ता आदिको भुक्तानी सजिलै गर्न सकिन्छ।

राष्ट्रिय वाणिज्य बैंकका कुनै पनि शाखामा गएर खाता खोलेर नेपाल टेलिकमको फोरजी प्रिपेड सिम प्राप्त गर्न सकिने जनाइएको छ। यस्तो सुविधा अनलाइनबाट खाता खोल्नेहरुले समेत प्राप्त गर्न सक्नेछन्।

यसरी प्राप्त हुने सिममा नयाँ सिम खरिद गर्दा जस्तै १० रुपैयाँ ब्यालेन्स, ४० मिनेट भ्वाइस कल, २० एसएमएस र ६० एमबी डेटा प्राप्त हुनेछ। बजारमा खरिद गर्दा यसका लागि ९० रुपैयाँ शुल्क लाग्ने गरेको छ।

कसरी खोल्ने खाता ?

सुरुमा यहाँ क्लिक गर्नुहोस्।

त्यहाँ तपाईंले खाता खोल्न आवश्यक कागजातको विवरण देख्न सक्नुहुनेछ। त्यसको अन्त्यमा रहेको प्रोसिड टु अकाउन्ट ओपनिङ फर्ममा क्लिक गर्नुहोस्। सेलेक्ट लेखिएको स्थानमा क्लिक गर्नुहोस् र न्यु अकाउन्टमा क्लिक गर्नुहोस्।

अब त्यसैगरी अकाउन्ट टाइपमा गएर इन्डिभिजुअल छनोट गर्नुहोस्। तपाईं कहाँबाट खाता खोल्दै हुनुहुन्छ, त्यो खुलाउनुहोस् र आफूलाई पायक पर्ने शाखा रोज्नुहोस्। अब तपाईं कस्तो खाता खोल्न चाहनुहुन्छ, त्यसमुनी रहेको रातो रङ्गको अप्लाई नावमा क्लिक गर्नुहोस्।

अब नयाँ फर्म खुल्छ, त्यसमा आवश्यक विवरण भर्नुहोस् र क्याप्चा मिलाएर प्रोसिड बटनमा दबाउनुहोस्। यति गरेसँगै तपाईंको खाता खोल्ने पहिलो चरण पूरा हुन्छ।

अब भेरिफिकेसनका लागि तपाईंको ईमेलमा एउटा मेल आउनेछ।

त्यसमा रहेको लिङ्कमा क्लिक गर्नुहोस् र आवश्यक कागजात तथा विवरण अपलोड गर्नुहोस् र सबमिट गर्नुहोस्। अब तपाईंले पठाएका सबै विवरण राष्ट्रिय वाणिज्य बैंकको टिमले रुजु गर्नेछ र अपुग भएको खण्डमा तपाईंको ईमेलमै त्यसको जानकारी आउनेछ। यदि सबै विवरण तथा कागजात सही भएको खण्डमा एक दिनभित्र तपाईंको ईमेलमा बैंक खाता नम्बर प्राप्त हुनेछ।

यसरी खोलिएको खतामा तपाईंले तत्कालै रकम जम्मा गर्न सक्नुहुनेछ। तर खातामा भएको चेक लिन, रकम झिक्न तथा कारोबार गर्नका लागि भने तपाईंले सक्कली कागजात सहित बैंक शाखामै पुग्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्