काठमाडौं। २२ उपसचिवलाई सहसचिवमा बढुवाका लागि लोकसेवा आयोगले सिफारिस गरेको छ। बढुवाका लागि आयोगका सदस्यको संयोजकत्वमा बढुवा समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो।
समितिले बिहीबार सिफारिस गरेपछि मन्त्रालयले शुक्रबार बढुवामा चित्त नबुझेकाले ३५ दिनभित्र उजुरी दिन सूचना समेत प्रकाशन गरेको छ। कसैले उजुरी नगरे २२ जनाकै नाम ३५ दिनपछि मन्त्रिपरिषद्मा पेश हुनेछ। मन्त्रिपरिषदबाट पारित भएपछि बढुवा हुने मन्त्रालयले जनाएको छ। उजुरी परेमा समितिले छानविन गर्नेछ।
हरेक वर्ष जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा उपसचिवबाट सहसचिवमा बढुवा हुने गरेको छ। उपसचिवबाट सहसचिव बढुवा गर्दा कम्तिमा पनि उपसचिव भएर ५ वर्ष निजामती सेवामा सेवा गरेको हुनुपर्छ। कम्तिमा पनि ५ वर्ष उपसचिव भएर सेवा गरेका १ सय ३ जनाले सहसचिव बढुवाका लागि दरखास्त दिएका थिए। जसमा २२ जनाको नाम मात्र अन्तिम बढुवा सूचीमा परेको छ।




लोकपाटी न्यूज

