सुनको भाउ स्थिर

लोकपाटी न्यूज

काठमाडौं। शुक्रवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा शुक्रवार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

त्यसैगरी, तेजाबी सुन पनि प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको छ। बिहीवार तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, शुक्रवार चाँदीको मूल्य भने उकालो लागेको छ। बिहीवार प्रतितोला एक हजार २४५ मा कारोबार भएको चाँदी शुक्रवार १ हजार २८५ मा खरीदविक्री भइरहेको छ। बिहीवारको तुलनामा शुक्रवार चाँदी ४० ले बढेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्