आयोगले नेकपाका दुवै पक्षलाई छलफलमा बोलायो

nirbachan-aayog
लोकपाटी न्यूज

काठमाडौं। निर्वाचन आयोगले विभाजित नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै पक्षलाई छलफलमा बोलाएको छ। आयोगले पत्र पठाएर दुवै पक्षका अध्यक्ष वा अध्यक्षले तोकेका पाँच/पाँच जना प्रतिनिधिलाई छलफलमा बोलाएको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचनका विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाइएको छ। ‘भोलि बिहान साढे ११ बजे छलफलमा बोलाइएको छ,’ श्रेष्ठले भने, ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र तयारीका विषयमा छलफल गर्न बोलाइएको हो।’

प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड-नेपाल गरी दुई वटा समूह क्रियाशील छ। दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका छन्। तर आयोगले दुबै समूहलाई आधिकारिकता दिएको थिएन।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचन तय गरेका छन्। तर प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्