कारोबारको पहिलो घण्टा १३.७७ अंकले बढ्यो नेप्से

Nepse mathi
लोकपाटी न्यूज

काठमाडौं। सोमवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १३ दशमलव ७७ अंकले बढेर २ हजार ४३८ दशमलव ६१ विन्दुमा पुगेको छ।  २ हजार ४४७ दशमलव शून्य २ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ५७ प्रतिशतले बढेको हो।

कारोबारको पहिलो घण्टामा नागरिक लगानी कोषको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै गुराँस लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशन, प्रभु लाइफ इन्स्योरेन्स र नेशनल हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।  पहिलो घण्टाको अवधिमा १९९ ओटा कम्पनीको २२ हजार ७३२ पटकको कारोबारमा ५७ लाख ६४ हजार ७८७ कित्ता शेयरको रू. २ अर्ब ६१ करोड ५२ लाख बराबरको खरीदविक्री भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये होटल्स, विकास बैंक, वित्त र लघुवित्त समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ। यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १६ करोड ३० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ८५५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्