काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार तीन ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ। नेप्सेले गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र एनआरएन एण्ड इन्फ्रास्ट्रक्चर डभेलपमेण्ट कम्पनीको मूल्य समायोजन गरेको हो। तीन ओटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले गरिमा विकास बैंकको १३ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू ३२४, सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू २१७ र एनआरएन एण्ड इन्फ्रास्ट्रक्चरको २ दशमलव ८५ प्रतिशत बोनस शेयरको रू ३६९ तोकेको छ। गरिमा विकास बैंकको अघिल्लो कारोबारको दिन अर्थात आइतवार कायम अन्तिम शेयरमूल्य रू ३६८, सेन्ट्रल फाइनान्सको २३२ र एनआरएन एण्ड इन्फ्रास्ट्रक्चरको रू ३८० को आधारमा शेयरमूल्य समायोजन भएको हो।
गरिमा विकास बैंकले १४ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले होटल पोखरा ग्राण्डमा साधारण सभा आयोजना गरेको छ। उक्त कम्पनीले १३ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो।
त्यसैगरी, सेन्ट्रल फाइनान्स कम्पनीले ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २३ गते कम्पनीको कुपण्डोल कार्यालयमा साधारण सभा बोलाएको छ।
त्यसैगरी, एनआरएनस इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट कम्पनीले ३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको प्रस्ताव गरेको छ। यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २५ गते साधारण सभा बोलाएको हो। कम्पनीले २ दशमलव ८५ प्रतिशत बोनस शेयर शून्य दशमलव १५ प्रतिशत नगद लाभांश गरेर कुल ३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।



लोकपाटी न्यूज