काठमाडौँ। सोमबार पनि सुनको भाउमा गिरावट आएको छ। आइतबार तोलामा ३०० रुपैयाँ घटेको सुनको भाउ सोमबार भने तोलामा २०० रुपैयाँ घटेको हो। आइतबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापवाल सुन सोमबार ९२ हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज तेजावी सुन खरिदबिक्री गर्नेहरुले भने प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार गर्न सक्नेछन् । यता, चाँदीको भाउ भने आज पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार गर्न सकिने महासंघले जनाएको छ।



लोकपाटी न्यूज