काठमाडौं। नेपाल स्टक एक्सेन्ज-नेप्से परिसचुक यो साता ८८.१ अंकले बढेको छ। साताको पहिलो पहिलो दिन (आइबार) परिसुचक २२८६.५४ को बिन्दुबाट सुरु भई साताको अन्तिमसम्म आउँदा ८८.१ अंकले बढेर २३७४.६४ को बिन्दुमा पुगेको हो।
यो साता नेप्सेमा ३४ अर्ब १६ करोड ५८ लाख ६६ हजार २५६ रुपैंया बराबरको कारोबार भएको थियो। यो साता कारोबारमा आएका कम्पनीको ८ करोड ९ लाख २४ हजार ६९९ कित्ता शेयर २ लाख ८३ हजार ६७ पटक खरिद बिक्री भएको थियो।
यो साता नेप्सेको नियमित कारोबार कक्ष पाँच दिन नै खुल्ला रहेको थियो। सो मध्ये परिसुचक पहिला र दोस्रो दिन बढेको थियो। भने तेस्रो दिन ओरालोे लागि चौथो र पाँचौ दिन उकालो लागेको हो।
साताको पहिलो दिन २२८६.५४ को बिन्दुबाट कारोबार सुरु भई २८.४६ अंकले बढेर २३१५ बिन्दुमा पुगेको थियो। दोस्रो दिन परिसुचक १७.३१ अंकले बढेको थियो। तेस्रो दिन भने परिसुचक ५.५७ अंकले घटेर २३२६.९ को बिन्दुमा पुगेको हो। चौथो दिन १५.८७ अंकले बढेको हो। यस्तै, साताको अन्तिम दिन(बिहिबार) ३१.८७ अंकले बढेर २३७४.६४ को बिन्दुमा पुगेको थियो।
यस्तै कारोबारको पहिलो दिन नेप्सेमा १ करोड ५० लाख ३५ हजार २२१ कित्ता शेयर ५० हजार ६०७ पटक खरिद बिक्री भएको थियो। दोस्रो दिन १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता शेयर ५१ हजार ८१३ पटक खरिद बिकी भएको थियो भने तेस्रो दिन१ करोड ६३ लाख ५ हजार १४१ कित्ता शेयर ५७ हजार ९८० पटक खरिद बिक्री भएको हो। चौथो दिन १ करोड ५९ लाख ८१ हजार ९५२ कित्ता शेयर ५३ हजार ३३४ पटक खरिद बिक्री भएको हो र पाँचौ दिन १ करोड ८१ लाख ५ हजार ६७१ कित्ता शेयर ६९ हजार ३३३ पटक खरिद बिक्री भएको हो।
यस्तै यो साताको अन्तिम दिन (बिहिबार) नेप्से परिसुचकमा साताकै सबैभन्दा बढी कारोबार भएको थियो । यस ७ अर्ब ७९ करोड ८५ लाख बराबरको कारोबार भएको हो । साताको सबैभन्दा कम कारोबार बुधबार भएको थियो। बुधबार नेप्सेमा २ अर्ब २१ करोड ९ लाख बराबरको कारोबार भएको थियो।
नेप्सेमा यो साता भएको कारोबार रकम यस्तो रहेको छ:-
आइतबार रु ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७८२
सोमबार रु ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १६७
मंगलबार रु ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८४८
बुधबार रु ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६
बिहिबार रु ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३



लोकपाटी न्यूज