काठमाडौं। सेयर बजारले २३०० अंक पार गरेको छ। आइतबार बजार साढे २८ अंकले बढेर २३ सय १५ अंक पुगेको छ। बजारले सकारात्मक गति लिएपछि कारोबार रकममा पनि सुधार देखिएको छ। दिनभरीमा कारोबार हुने कम्पनीको संख्या पनि बढेको छ।
जलविद्युतबाहेक सबै उपसूचक बढेका छन्। दिनभरीमा २०८ कम्पनीको ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
साल्ट ट्रेडिङ कर्पोरेशन, नारायणी डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेर सर्किट लागेकोछ । दिनभरीमा १३१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ।
जलविद्युत सूचक घटेपनि यसअन्तर्गतका १६ कम्पनीको मूल्य बढेको छ। २० कम्पनीको घटेको छ। यो समूहको ३५ करोड ७८ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।




लोकपाटी न्यूज