घट्यो सुनचाँदीको मूल्य

लोकपाटी न्यूज

काठमाडौं। आइतबार सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कोरोबार भएको सुन आइतबार तोलाको ९१ हजार ८ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि बढेको छ । शुक्रबार ९२ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन प्रतितोला ७ सयले घटेर ९१ हजार ३ सय रुपैयाँ पुगेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य भने ३० रुपैंयाले घटेर १२३० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्