सानिमाको एक्सटेन्सन काउन्टर ईमाडोलमा उद्घाटन

Sanima Bank
लोकपाटी न्यूज

काठमाडौं। सानिमा बैंक लिमिटेडले ललितपूरको महालक्ष्मीमा (इमाडोल नजिकै) एक्सटेन्सन काउन्टर खोलेको छ। बैंकको शाखाको उद्घाटन बैंकको ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका छन्।

मह जोडीले महालक्ष्मीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई दिए। उनीहरुले सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन पनि भने।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। सानिमा बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १५ विस्तारित काउन्टरर ८३ वटा एटिएम संचालनमा रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्