इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा पहिलो दिनमै २ लाख ८५ हजार बढिको आवेदन

लोकपाटी न्यूज

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा पहिलो दिनमा २ लाख ८५ हजार ३१८ जनाले आवेदन दिएका छन् । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार शुक्रवार साढें ४ बजे सम्ममा कुल निष्काशनको ४८ दशमलव ८७ प्रतिशत शेयरको लागि आवेदन परेको हो ।

विक्री प्रबन्धकका अनुसार सो अवधिसम्ममा ३ करोड ७० लाख ६२ हजार ६७० कित्ता शेयरको लागि ३ अर्ब ७० करोड रुपियाँ बराबरको आवेदन परेको छ । कम्पनीले प्राथमिक बजारको हालसम्मकै इतिहासमा सबैभन्दा बढी रू। ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री खुला गरेको हो ।

सबै आवेदकले पाउने निश्चित रहेको यो आईपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिभित्रै विक्री बन्द हुने कम्पनीले बताएको छ । शुक्रबार देखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो ।

जसमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फन्डका लागि छुट्याइएको छ भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल हो । क्यापिटलका अनुसार कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिन्छ ।

सर्वसाधारणले छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिन पाउने छन् । त्यस अवधिभित्र पूर्ण आवेदन नपरे माघ १६ गतेसम्म निष्काशन अवधि थपिनेछ । बैंकको आईपीओ हालसम्मकै ठूलो हो । यसमा आवेदन दिनेहरु खाली हात फर्कनु पर्दैन । त्यसका लागि बैंक खातामा आवेदन रकम बराबरको ब्यालेन्स अनिवार्य छ ।

हाल नेपालमा २४ लाख डिम्याट खाता खुलेका छन् । सबैले आवेदन दिएको खण्डमा एक आवेदकलाई ३० कित्ता भाग पर्छ ।

तर, सबैभन्दा पछि खुलेको चन्द्रागिरि हिल्सको आईपीओमा साढे १२ लाखले आवेदन दिएको र त्यसभन्दा केही बढी अर्थात् १५ लाखले आवेदन दिने हिसाब गर्दा सबैलाई न्युनतम ५० कित्ता दिइने अनुमान लगाइएको छ ।

बैंकको मंसिर ३ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाबाट कम्पनीले आईपीओ निष्कासन प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्