कोरोना महामारीबाट प्रभावितहरुले माघ १६ गतेसम्म पुनकर्जाका लागि आवेदन दिन पाउने भएका छन् । यो पुनरकर्जाका लागि दोस्रो चरणको आवेदन खुला गरिएको हो । राष्ट्र बैंकले ९८ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा प्रदान गर्न दोस्रोपटक आवेदन खुला गरेको हो ।
यसका लागि माघ १६ गतेसम्म ग्राहकले सूचीसहित आवेदन पेश गर्नुपर्नेछ । पहिलोपटक गत भदौ १ गतेदेखि असोज मसान्तसम्म पुनर्कर्जा आह्वान गरेको नेपाल राष्ट्र बैंकले दोस्रो पटक पुनरकर्जा आवहान गरेको हो ।
राष्ट्र बैंकको कार्यविधि अनुसार २ खर्बमध्ये चालू आवमा वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनी मार्फत ७० प्रतिशतले यस्तो कर्जा पाउनेछन् । २० प्रतिशत पुनर्कर्जा राष्ट्र बैंकले मूल्यांकनका आधारमा वितरण गर्ने जनाएको छ । यसबाहेक बाँकी १० प्रतिशत लघुवित्त वित्तीय संस्थामार्फत वितरण गरिने छ ।
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/01/Nepal-Rastra-Bank-Refinance-Procedure-2077.pdf”]



लोकपाटी न्यूज