काठमाडौं। राष्ट्र बैंकले शनिबार पनि बैंक खुला राख्न निर्देशन दिएको छ। दोसो त्रैमासको अन्तिम दिन भएकाले शनिबार राजश्व संकलनका लागि बैंकका काउन्टर खुला राख्न भनेको हो।
सबै बैंक नखुले पनि हरेक राजश्व असुली गर्ने बैंक खुल्नेछन्। राजश्व असुली नगर्ने बैंकलेसमेत क्लियरिङ युनिट भने खुला राख्नेछन्।
केही बैंकहरुले भने सूचना निकालेरै शनिबार बैंक खुला हुने जानकारी गराएका छन्। राष्ट्र बैंकले नियमित कामका लागि नभएर राजश्व संकलनका लागि बैंक काउन्टर शनिबार पनि खुला राख्न भनेको हो।



लोकपाटी न्यूज

