काठमाडौं । नेपाली बजारमा बुधवार सुन तथा चाँदीको मूल्य बढेको छ । स्थानिय बजारमा बुधवार सुनको भाउ रू. ३०० ले उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९६ हजार ७०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९६ हजार ४०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९६ हजार २०० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९५ हजार ९०० मा कारोबार भएको थियो । यस्तै, बुधवार पनि चाँदीको मूल्य पनि वृद्धि भएको छ । मंगलवार प्रतितोला रू. एक हजार ३३५ मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू. एक हजार ३४० मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य रू. ५ ले बढेको हो ।



लोकपाटी न्यूज