झिनो अंकले घट्यो नेप्से, हाईड्रोपावरमा लगानीकर्ताको आकर्षण

nepse
लोकपाटी न्यूज

मंगलबार नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ३.५४ अंकले घटेर २१६५.५० विन्दुमा पुगेको छ । सोमबार ६ अंकले २१६९.०४ विन्दुमा बन्द भएको बजार मंगलबार २१६७.८२ विन्दुदेखि खुला भएको हो ।  नेप्से सूचक घटेपनि हाइड्रोपावर कम्पनीहरुमा भने लगानीकर्ताको आकर्षण देखिएको छ।

यस दिन कारोबारमा आएका १२ वटा उपसमूहमध्ये ९ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने तीन उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ३.१२ प्रतिशतले बढेको छ। गत आइतबार अलटाइम हाइको रेकर्ड बनाएको नेप्से सूचक सोमबार र मंगलबार भने सामान्य घटेको छ। सोमबार ६ अंकले घटेको बजार मंगलबार पनि ३ अंकले घटेको छ। यस दिन नेप्से सूचक ३.५४ अंकले घटेर २१६५.४९ विन्दुमा झरेको हो।

आज २०६ वटा कम्पनीको १ करोड ८ लाख कित्ता शेयर ४ अर्ब ५६ करोड रुपैयाँमा खरिद बिक्री भएको छ। अघिल्लो दिन ५ अर्ब बढीको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार नेप्से सूचकमा सामान्य गिरावट देखिए पनि ७ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ जसमा ४ वटा हाइड्रोपावर कम्पनी रहेका छन्।

यस दिन जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको ९.८७ प्रतिशत, हिमाल दोलखाको ९.८४ प्रतिशत, रिडी हाइड्रोको ९.६६ प्रतिशत, जोशी हाइड्रोको ९.३५ प्रतिशत, आँखुखोला हाइड्रोपावरको ९.२४ प्रतिशत र घलेम्दी हाइड्रोको ९.१७ प्रतिशतले बढेको छ।

यस दिन व्यापार समूहका कम्पनीहरुको शेयरमूल्य धेरै घटेको छ। जसले गर्दा उक्त उपसमूहको सूचक ५ प्रतिशतभन्दा धेरैले घटेको छ। यस दिन साल्ट ट्रेडिङको शेयरमूल्य सबैभन्दा धेरै ६.१६ प्रतिशतले घटेको छ भने हिमालयन डिस्टिलरीको २.७७ प्रतिशत, विशाल बजार कम्पनीको २।६३ प्रतिशत र एनएमबि माइक्रोफाइनान्सको २.५८ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्