काठमाडौं। नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिएको छ। सोमबार बजार खुलेदेखि नै सुस्त रहेको टिएमएसमा लगानीकर्ताले सहज रुपमा कारोबार गर्न पाएका छैनन्।
टिएमएसमा समस्या देखिएपछि कारोबार बन्दै भएको कोहिनुर सेक्युरिटिजमा भरत रानाभाटले बताए। ‘टिएमएसमा समस्या देखिएको छ। जसले गर्दा कारोबार हुन सकिरहेको छैन,’ उनले भने।
टिएसमएसमा समस्या देखिएपछि सोमबार कारोबार रकममा पनि कमी आएको छ। कारोबार खुलेको साढे २ घण्टासम्ममा १ अर्ब ७५ करोड रुपैयाँ बराबरको मात्रै शेयर कारोबार भएको छ।
अघिल्लो दिन ६ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएकोमा सोमबार टिएमएसमा आएको समस्याको कारण कारोबार रकम पनि घट्ने देखिएको छ।



लोकपाटी न्यूज