काठमाडौं । स्थानिय बजारमा आईतबार स्थिर रहेको सुनको भाउ सोमवार प्रतितोला रू. ८०० ले उकालो लागेको छ । आइतवार स्थिर रहेको पहेँलो धातु सुनको मूल्यमा सोमवार एकै पटक वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतवार प्रतितोला रू. ९४ हजार ५०० रहेकोमा सोमवार प्रतितोला रू. ९५ हजार ३०० पुगेको छ ।
यस्तै, तेजाबी सुन आइतवार प्रतितोला रू. ९४ हजार रहेकामा सोमवार रू. ८०० ले वृद्धि भई रू. ९४ हजार ८०० मा कारोबार भएको छ ।
त्यस्तै चाँदी सोमवार प्रतितोला रू. एक हजार ३२५ मा कारोबार भएको छ । चाँदी आइतवार रू. एक हजार ३०० मा खरीदविक्री भएको थियो । आइतवारको तुलनामा सोमवार चाँदी प्रतितोला रू. २५ ले बढेको हो ।



लोकपाटी न्यूज