प्रभु लाईफको साधारण सेयर नेप्सेमा सूचिकृत, आइतबार कारोबार हुने

लोकपाटी न्यूज

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सको २ करोड कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।

कम्पनीले सर्वसाधारण र कर्मचारीका लागि ६० करोड रुपैयाँको साधारण सेयर जारी गरेपछि शुक्रबार कुल चुक्ता पुँजी २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत गर्ने सम्झौता गरेको थियो।

उक्त सम्झौता भएको मितिले दुई दिनपछि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार सुरु हुने नेप्सेले जनाएको छ। कम्पनीको सुरुवाती मूल्य १०९ रुपैयाँदेखि ३२८ रुपैयाँसम्म तोकिएको छ।

आइतबार स्पेसल प्री(ओपन सेसनमा कम्पनीको सेयर कारोबार भएमा दोस्रो बजारमा पनि कारोबार सुरु हुनेछ। तर स्पेसल सेसनमा कारोबार हुन नसकेमा भने दोस्रो बजारमा कारोबार हुने छैन। त्यसका लागि फेरि अर्को दिन कुर्नु पर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्