रमेश भुसाल/ नवलपरासी, २ पुस। नवलपरासी जिल्ला फुटबल संघले जिल्लाका नयाँ दर्ता क्लबहरू तथा पुराना नविकरण भएका क्लबहरूलाई बुधबार फुटबल वितरण गरेको छ। संघसँग आवद्ध भएका पुराना ८ क्लबहरूलाई नविकरण गराई साथै ६ ओटा नयाँ क्लबहरूलाई दर्ता गराई कुल १४ दर्ता क्लबहरूलाई फुटबल हस्तान्तरण गरिएको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा नवलपरासी जिल्ला फुटबल संघले प्रत्येक क्लबहरूलाई फुटबलहरू प्रदान गरेको नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष धन प्रसाद गुरूंगले जानकारी दिए। फुटबल हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले कोरोनाको महामारीका बिच फुटबल गतिविधि सुचारु भई विषम परिस्थीतिमा समेत फुटबलले गति लिने विश्वास ब्यक्त गरे।
साथै नवलपरासीमा फुटबलको विकासका लागी हरेक क्लब र खेलकर्मीहरुसँग सहकार्य गर्नेे अध्यक्ष गुरुङको भनाइ छ। सो अवसरमा नवलपरासी फुटबल संघ वरिष्ट उपाध्यक्ष धन वहादुर गुरुङ, उपाध्यक्ष मिलन गुरुङ लगायतको उपस्थितमा क्वलबहरुलाई फुटबल हस्तान्तरण गरिएको हो।



लोकपाटी न्यूज

