सुनको भाउ घट्यो, तोलाको कति ?

gold-coins-money-saving
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ९०० ले ओरालो लागेको छ। आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँ तोकिएको छ। हिजो ९३ हजार ४०० मा कारोवार भएको थियो।

यस्तै तेजाबी सुनसमेत प्रतितोला ९०० घटेको छ। हिजो प्रतितोला ९२ हजार ९५० मा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ।

हिजो प्रतितोला एक हजार २१५ मा कारोबार भएको चाँदी आज १५ रूपैयाँ घटेर एक हजार २०० मा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्