काठमाडौं। नबिल बैंक र कृषि विकास बैंकको लाभांश सुरक्षित गर्ने आज मंगलबार (पुस १४ गते) अन्तिम दिन हो । दुवै बैंकले पुस २९ गते हुने वार्षिक साधारण सभा प्रयोजनको लागि पुस १५ गते (बुधबार) बाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछन् । तसर्थ, पुस १४ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले उक्त प्रस्तावित लाभांश पाउने छन् ।
नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ३५.२६५ लाभांश वितरण गर्दैछ । नबिलले ३३.५५ बोनस सेयर र बोनसमा लाग्ने करसहित १.७६५ नगद लाभांश वितरण गर्न लागेको हो । यता, कृषि विकास बैंकले पनि गत वर्षको नाफाबाट १५५ बोनस सेयर र कर तिर्न ०.७८९५५ नगद लाभांश वितरण गर्दैछ ।



लोकपाटी न्यूज

