सुनको भाउ फेरी उकालो लाग्यो

लोकपाटी न्यूज

काठमाडौं।, सोमबार सुनको भाउ उकालो लागेको छ। यस दिन सुन तोलामा ७०० रुपैयाँले वृद्धि भएको हो।

.नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। साताको पहिलो दिन सुनको भाउ स्थिर रहेर प्रतितोला ९४ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सोमबार चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ। यस दिन चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो साताको बिहीबार र शुक्रबारका साथै यस साताको आइतबार चाँदी प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भएको थियो।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्