भारतमा नेपाली अलैंचीको माग बढ्यो, पाँच महिनामा चार अर्बको निर्यात

लोकपाटी न्यूज

काठमाडौं। भारतमा उत्पदन कमि आएसंगै नेपाली अलैंचीले भारतमा बढ्न थालेको छ। विगतको दिनमा भारतमा अलैचीँको उत्पादन बढी भएकै कारणले नेपाली बजारको मूल्य घटेको थियो। तर, यो वर्ष पुनः भारतमा अलैँचीउत्पादनमा कम भएसँगै नेपाली बजारको अलैचीँको माग बढेको हो ।कोभिड महामारीपछि सुस्ताएको व्यवसायिक क्षेत्रमा अलैंचीको बजारले आशा जगाएको छ। चालु वर्ष पनि अलैंचीबाट किसानले राम्रो आम्दानी हात पार्ने अवस्था बनेको छ।

नेपाली अलैंचीको निर्यात भारत र पाकिस्तानमा बिगतभन्दा बढ्न थालेको व्यवसायीले बताउछन्। नेपाली अलैंची बर्सेनि ठूलो परिमाणमा भारतमा निर्यात हुने गरेको छ। भारतीय बजारमा माग उच्च देखिनुको फाइदा नेपाली निर्यातकर्ताहरूलाई भएको छ। नेपालमा उत्पादन भएको करिब ६० प्रतिशत अलैँची भारतमै निर्यात हुँने गरेको व्यवसायीहरु बताउछन। त्यस्तै गत वर्षको तुलनामा यो वर्ष नेपालमा करिब १५ प्रतिशतले उत्पादन बढि उत्पादन भएको पनि उनिहरु बताउछन । उत्पादन बढि भए पनि अलौंचीको उचित मूल्य नपाएको किसानहरु बताउछन। हाल किसानले करिब एक चौथाइ मात्रै मूल्य पाइरहेका छन् ।

कोभिडपछि व्यापारिक कारोबार हुन थालेपछि विदेशी बजारमा नेपाली अलैंचीको माग बढ्न थालेको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीले बताए। ”धेरै फले भाउ नपाइने समस्या सधैं छँदैछ, यो पटकको निर्यातको तथ्यांकबाट अलैंची खेती गर्नेहरू खुसी छन्,” उनले भने।

कारोबारमा सहज हुनुका साथै निर्यातमा समस्या नभएको उनले बताए। यसपटक नयाँ अलैंची चाडै नै बजारमा आएको थियो। लामो समयसम्म होल्डमा राख्नु नपरेकाले निर्यात परिमाण उत्साहजनक छ। ”यो वर्षको नयाँ अलैंची गोदाममा राख्नु नपर्ने अवस्था छ,” कार्कीले भने। भारतमा उत्पादन घट्दै जादा नेपाली अलैंचीले मूल्यका राम्रो पाउनुका साथै निर्यात बढ्दो रहेको महासंघको भनाइ छ।

विगतको दिनमा भारतीय बजारमा माग बढी हुँदा अलैँचीको दाम प्रतिमन एक लाखसम्म पुगेको थियो। उक्त मूल्य अहिलेसम्मको सबैभन्दा उच्च मूल्यमा बिक्री व्यवसायीहरूको भनाइ छ। तर, उक्त मूल्यमा कायम गर्न भने नसकेको उनिहरूको भनाइ छ।

भारतमा अलैचीँको माग बढेसँगै नेपालमा उत्पादन भएका अलैचीँको मूल्य वृद्धि भएको हो। कोरोना भाइरस अगाडिसम्ममा प्रतिमन २२ हजार रहेकोमा अहिले बढेर २७ हजारसम्म पुगेको छ । साथै, गत वर्षको तुलना गर्दा पनि मूल्यमा गिरावट नहुने उनको व्यवसायीहरु अनुमान छ ।

कोभिडको सुरुवातीमा समयमा बजार बन्द रहँदा अलैंचीको निर्यात पनि रोकिएको थियो। त्यसले गर्दा गत वर्षकै स्टकको अलैंचीसमेत पठाउन नपाएर स्टकमा थियो। गत बैशाखपछि भारतमा अलैंचीको उत्पादन बढी भएकाले नेपालबाट हुने निर्यात घटेको थियो।नेपाली अलैंची विश्व बजारमा गुणस्तरीयमा पर्छ।

अलैंचीको प्रयोग स्थानिय मुस्लिम समुदायमा बढी हुने भएकाले भारत र पाकिस्तानले नेपालबाट ठूलो परिमाणमा आयात गर्दै आएका छन्। नेपालले उत्पादितमध्ये ६० प्रतिशत अलैंची भारतमा निर्यात गर्छ। जसमा भारतले नेपाली अलैंचीको बिभिन्न किसिमका मसला बनाएर अन्य मुलुकमा निर्यात गर्दै आएको छ।

राम्रो आम्दानी हुन थालेपछि अलैंची खेतीमा आकर्षण छ। किसानले सुकाउने भट्टी व्यवस्थापन गर्दै आएका छन्। लामो समयदेखि लगाइएका क्षेत्रमा बोट पुरानो हुँदै रोगले सुक्न थालेपछि भने उत्पादनको परिमाण उल्लेख्यरूपमा बढेको तथ्यांकमा देखिँदैन।

नेपालबाट भारत निर्यात हुने कृषि उपजमा सर्वाधिक राम्रो भाउ पाउने वस्तुमा अलैंची पर्छ। भारतमा उत्पादन घट्दा यतिबेला जसरी चिया निर्यात भइरहेको छ, त्यसरी नै अलैंचीको माग उच्च छ।

माग उच्च भएर निर्यात सहज भइरहँदा पनि नेपालले अलैंचीमा आफ्नो ट्रेडमार्क भने प्रयोगमा ल्याएको छैन। ट्रेडमार्क नहुँदा नेपालले आफ्नो उत्पादनको ब्राण्डिङ विश्व बजारमा गर्नबाट चुकिरहेको छ। नेपालबाट खरिद गर्ने विदेशी फर्महरूले सामान्य प्रशोधनपछि आफ्नो ट्रेडमार्कमा विश्व बजारमा पठाइरहेका छन्।

नेपाल उत्पादनमध्ये भारतीय बजारमा अत्याधिक निर्यात हुने वस्तु हो अलैँची। आर्थिक वर्ष २०७७/७८ को मंसिर महिनासम्ममा ३ अर्ब ७ करोड ४४ लाख रुपैयाँ बराबरको ३९ लाख ५६ हजार केजी अलैँचीनिर्यात भएको छ ।

त्यस्तै आव २०७६/७७ को सोही अवधिमा नेपालबाट १ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ बराबरको २३ लाख १६ हजार केजी अलैँचीनिर्यात गरेको थियो । गत वर्षको तुलनामा चालु आवमा माग बढेसँगै झन्डै डेढ अर्ब रुपैयाँ बढीको अलैँचीनिर्यात भएको छ ।

अलैंचीको प्रयोग बिस्कुट, बिभिन्न प्रकारका मसला, सुगन्धित तेल, बेकरीका परिकार र मदिरामा प्रयोग गरिन्छ।

महासंघले आगामी दिनमा बंलादेशमा नेपाली अलैंचीको कारोबार गर्न खोजिरहेको जनाएको छ। नेपाललाइ बंगलादेशमा व्यापार गर्न सहज हुन्छ। बंगलादेशले भुटानबाट आयात गर्ने अलैंचीलाई कर छुट गरेको छ।  तर नेपाली अलैंचीको निर्यात गर्दा ३५ प्रतिशत कर तिर्नुपर्छ। करको दरका कारण नेपाली व्यवसायीलाई बंगलादेश सहज हुन नसकेको अध्यक्ष कार्कीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्