काठमाडौं।विवादको रुपमा रहेको ब्रोकर कमिशन घटेको छ । स्रोतका अनुसार धितोपत्र बोर्डले आज ब्रोकर कमिशन ३३ प्रतिशतले घटाएको बुझिएको छ। यसबारे थप जानकारी आउन भने बाकी छ।
हिजो मात्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै एक साताभित्र ब्रोकर कमिशन घटाउने बताएका थिए ।
हाल सेयर किनेबेचमा ब्रोकर कम्पनीहरुले लिने कमिसन ०.६० प्रतिशतसम्म छ । यसलाई घटाएर ०.२५ प्रतिशतमा झार्नु पर्ने भन्दै लगानीकर्ताहरुले आन्दोलन गर्दै आएका थिए।
लगानीकर्ताहरुले कमिशन घटाउनुपर्ने उठाउँदै आएका छन्। गत वर्ष पनि कमिशन घटाउनु पर्छ भनेपछि बोर्डले डा.नवराज अधिकारीको संयोजकत्वमा अध्ययन समिति गठन भएको थियो । समितिले गत भदौमा नै बुझाएको प्रतिवेदन भने बोर्डले गुपचुप राखेको थियो।



लोकपाटी न्यूज