काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला १ सय रुपैंयाँले बढेको हो। आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९ सयले बढेको थियो।
सुन मंगलबार ३ सयले घटेको थियो। बुधबार ९ सयले घटेको थियो। बिहीबार १ सयले बढेको सुन आज पनि १ सयले नै बढेको छ। गत हप्ता आइतबारस्थिर रहेको सुन सोमबार प्रतितोला १ सय रुपैंयाँले घटेको थियो। मंगलबार पनि सुन प्रतितोला १ सय रुपैंयाँले नै घटेको थियो। बुधबार सुन ८ सयले बढेको थियो। बिहीबार ४ सयले बढेको थियो। शुक्रबार ८ सयले बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार २ सय र तेजाबी सुनको मूल्य ९३ हजार ७०० कायम रहेको छ। चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी आज प्रतितोला १ हजार २८० रुपैंयाँमा कारोबार भइरहेको छ।



लोकपाटी न्यूज