साताको अन्तिम दिन सेयर बजारमा २९ अंकको करेक्सन

nepse
लोकपाटी न्यूज

काठमाडौं । बिहीबारको सेयर बजार घटेको छ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) २९.८३ प्रतिशतले घटेर २ हजार ३८ दशमलव ८३ विन्दुमा ओर्लिएको हो । आज बजारमा ५ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ।

बजारमा आज १ सय ७४ वटा कम्पनीको कारोबार हुँदा १ सय ३७ कम्पनीको मूल्य घटेको छ। २८ कम्पनीको मूल्य बढेको छ भने ९ वटा कम्पनीको मूल्य स्थिर देखिएको छ।

आजको बजारमा होटल र हाइड्रोपावर क्षेत्र सुधार हुँदा बाँकी सबै क्षेत्रमा उपसूचकमा गिरावट आएको छ। सबैभन्दा बढी मूूल्य सोल्टी होटल, ओरेन्टल होटलको ५ प्रतिशत भन्दा बढीले बढेको छ।

त्यस्तै, सबैभन्दा बढी गिररावट समृद्धि फाइनान्सको ८ प्रतिशत र युनाइटेड इदि मर्दीको ५ प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ।

मंगलबार करिब ९६ अंकले बढेको बजार बुधबार पनि ७ अंकले बढेको थियो। बिहीबारको यो गिरावटलाई बंगलबार र बुधबारको वृद्धिको करेक्सनको रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्