सुनको मूल्यमा गिरावट

Gold
लोकपाटी न्यूज

काठमाडौं, बुधवार पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । स्थानिय बजारमा बुधवार सुनको भाउ  ९०० रुपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छ।

मंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला ९०० रुपैयाँले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। सोमवार तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैँयामा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलवार प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य ५० रुपैयाँले घटेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्