नोवेल कोरोना भाइरस (Covid-19) ले मानवतालाई नै चुनौती दिएको छ। अब कुन सिद्धान्तहरुमा तपाईले आफ्नो समाजलाई संगठित गर्नुहुन्छ ? आपसी सहयोग, योजना, पारदर्शिता र सामाजिक ऐक्यवद्धताद्वारा यो विश्व महामारीलाई हराउन सकिन्थ्यो। तर बदलामा, यो प्रतिस्पर्धा, रहस्य, झुठ र अतिलोभमा आधारित समाजभित्र जन्मियो। हो पक्कै पनि यो संकटका लागि वर्तमान पूँजीवाद दोषी छ। यसले, हामीलाई कोभिड-१९ ल्यायो, यसलाई पूरै विश्वभरि फैलायो। पूँजीवादले संकटमाथि कुनै पनि प्रतिक्रिया जनाउन नसक्ने एउटा स्वास्थ्य प्रणाली र राजनीतिक संस्कृतिको निर्माण गर्यो र जसका कारण अहिले एउटा भूमण्डलीय आर्थिक संकटको खतरा छ। यसले केवल जोखिम, विपत्ति र डरलाई झन तीब्र रुपमा बढाउनेछ।
केही सप्ताहमै प्रत्येक महादेशसम्म सरुवा रोगहरु फैलाउनका लागि पूँजीवादले संसारलाई अझ राम्रोसँग जोडेको छ। तर पूँजीवादले कुनै पनि स्तरमा सामूहिक योजना बनाउने क्षमता अन्तर्राष्ट्रिय रुपबाटै बिल्कुल रुपमा मेटाइदिइसकेको छ। यसले मुनाफाका लागि र सैन्य लाभका लागि होडबाजी गर्ने अराजकहरुद्वारा पूर्ण रुपमा शासित विश्वको निर्माण गरेको छ, जहाँ युद्धका हतियारहरुका कुरा आउँदा दशकौं पहिला योजना बनाउन सक्ने हाम्रा शासकहरु रोगहरु नियन्त्रणका लागि केही महिना पहिला योजना बनाउन सक्दैनन्।
पूँजीवादी विश्वको नेतृत्व शक्ति संयुक्त राज्य अमेरिकाले यसको आफ्नै महामारी नियन्त्रण विभागलाई भंग गरिदिएको छ। परन्तु चीन र रसियासँग युद्धको तयारीका लागि आगामी २५ वर्षभरि आफ्ना न्युक्लियर हतियारहरु भण्डारणका सबै पक्षहरु सुदृढीकरण र आधुनिकीकरण गर्न ठ्याक्कै १.७ खर्ब अमेरिकन डलर लगानी गरेको छ। एचवान एनवान (H1N1) र सार्स (SARS) सँग बालबाल बाँचिसकेपछि भ्याक्सिन र महामारी नियन्त्रणका उपायहरु विकास गर्न लगानी गर्नुको सट्टा विश्वभरिका पूँजीवादी सरकारहरु सामान्य रुपले ब्यापारमा फर्किएर आफ्ना सेनाहरु निर्माण गरे, मुनाफाका मार्जिनहरु संरक्षण गरे र बाँकी सबैलाई भाग्यका भरमा छोडिदिए।
भर्खरै चिकित्सा विशेषज्ञहरुले अपेक्षित निमोनियाका बिरामीहरूको संख्या उपलब्ध भेन्टिलेटरहरु र अस्पतालका बेडहरुका संख्याभन्दा बिपरित छन् भनेर डरलाग्दा आंकडा प्रदर्शित गरेका छन्। साहेद यतिबेला सारा संसारभरि नै वितरण गरिने उच्च ठूला औद्योगिक कारखानाहरु नियन्त्रण गर्ने युद्ध सामग्रीहरूका प्रबन्धकहरू आफ्नो मुनाफा गणना गरिरहेका हुन सक्छन्।
हामीले यस्तो प्रणालीलाई अन्त्य गर्नैपर्दछ, जसले आफ्नो सबै प्राविधिक क्षमताका साथमा हामीलाई अर्बौंमा कसरी मार्ने भनेर योजना बनाउन सक्दछ। तर, हामीलाई कसरी जीवित राख्ने भनेर योजना बनाउन सक्दैन।
पूँजीवादले चीनलाई ग्रामीण भेग र विशाल महानगरभित्रका एक अर्बभन्दा बढी जनसंख्याबाट सञ्चालित विश्वको कम्पनीमा परिणत गरिदिएको छ, सत्तावादी प्रवन्धकद्वारा शासितराज्य, जसको माथिका सञ्चालकले विश्व बजारलाई सन्तुष्ट राख्नका लागि सस्ता वस्तुहरुको उत्पादन जारी राख्न निर्देशन दिएका छन्। सेन्सरसीपदेखि लिएर बेइमानीका साथ प्रारम्भिक भाइरसको प्रकोप अकस्मात भेटिएको थियो, जसले चिनियाँ कारखाना प्रणालीलाई विश्व पूँजीवादका लागि अझै अपरिहार्य बनायो। जतिञ्जेल सत्य स्वीकारिएको थियो, त्यतिञ्जेल कोभिड-१९ आफ्नै शैलीमा संसारभर गइसकेको थियो। अहिले, चीनका श्रमिकहरूलाई उनीहरुका ठूला कारखानाहरूमा काम सुरु गर्न फिर्ता पठाइएको छ, जसका कारण नाफाको प्रवाह फेरि छिटोभन्दा छिटो सुचारु हुन सम्भव हुन सक्छ।
पूँजीवादले विश्वलाई सैनिक श्रेष्ठताका लागि एक अर्कोसँग होडबाजी गर्ने राष्ट्रहरुको एउटा प्रणालीमा संगठित गरिदिएको छ। जस्तो इरानी सरकारले पूरै सिरियाभरिका हस्पिटलहरुलाई स-साना टुक्राटुक्रा गरी उडाएको छ। त्यस्तै गरेर संयुक्त राज्य अमेरिकाले इराक र अफगानिस्तानमा उडाएको छ। अहिले संयुक्त राज्यले इरानमाथि प्रतिबन्ध लगाएको छ, इरान भने महामारीद्वारा सबैभन्दा खराब आघात गरिएका देशहरुमध्येको एक हो, यसका बाबजुद पनि अमेरिकाले इरानी डक्टरहरु र स्वास्थ्य अधिकारीहरुलाई महामारीको अन्तर्राष्ट्रिय फैलावटको ट्रयाकिङ गर्ने अनलाइनको केन्द्रीय सुचनाको पहुँचबाट बञ्चित गरेको छ। संयुक्त राज्य अमेरिका आफ्ना तथ्यांक इरानसँग बाँडफाँड गर्न सक्दैन र उसले इरानलाई सहयोग पठाउने छैन। बरु उसले आफ्ना जासुसी भू-उपग्रहरु पठाउ नसक्छ, जे भए पनि जासुसी भू-उपग्रहरुले युद्धलाइ सहज बनाउँछन्। अहिले ती जासुसी भू-उपग्रहरु इरानभरिका अत्यन्तै खराब तरीकाले प्रभावित सहरहरुका सामूहिक चिहानहरु खनेर खुलासा गर्न गइरहेका छन्।
पश्चिमा पूँजीवादी पत्रकाहरुले आफ्ना चिनियाँ प्रतिद्वन्दीहरुको मिथ्या भाषणमा हासोँ उडाए। यद्यपि पश्चिमा पूँजीवादीहरु आफ्ना उत्पादन प्रणालीहरूका लागि सस्तो श्रमको सुनिश्चिता गर्न तिनीहरूले भन्ने कथित निरंकुश चिनियाँ शासन प्रणालीमाथि नै निर्भर छन्। तर, तर्कहीनता र झुट चिनियाँ पूँजीवादी राज्यका लागि अद्वितीय समस्या होइनन्।
अहिले कोभिड-१९ ले संयुक्त राज्यका महानगरहरुका आसपासमा जरा हालिरहेको छ र पश्चिमी प्रजातन्त्र अर्थात् पश्चिमी पूँजीवादले यसलाई अझै प्रधान देखिरहेको छैन।
पश्चिमका अधिकांश भू-भागमा पछिल्लो आर्थिक संकटद्वारा निम्तिएको विपत्तिको कारण, धेरै घुम्ती र मोडहरुका साथ, डोनाल्ड ट्रम्पद्वारा आदर्श बनाइएको, खुल्लमखुल्ला विज्ञान विरोधी र षड्यन्त्रमूलक राजनीतिको फल्दोफाफ्दो रुपले नेतृत्व गरेको थियो। जलवायु परिवर्तनको वास्तविकतालाई अस्वीकार गरेको एक वर्षको अभ्यासपछि अहिले ट्रम्प र उनका लोकप्रिय दक्षिणपन्थी सहचिन्तकहरूले तिनीहरुका सहयोगीहरुका बीचमा भाइरसको अस्वीकार्यतावादलाई पूर्ण रुपमा प्रोत्साहित गरेका छन्। पोलका अनुसार कोभिड-१९ को गम्भिरतामाथि अविश्वास गर्नेमा संयुक्त राज्यका अन्य अमेरिकीहरु भन्दा रिपब्लिकनहरु सम्भवत टाढा रहेका छन्।
आउँदा दिनहरूमा र हप्ताहरूमा तिनीहरूका प्रतिक्रियामा कति परिवर्तन आउँछ भन्ने कुरा जोसुकै भए पनि, डोनाल्ड ट्रम्पले प्रारम्भिक हप्ताहरूका महत्वपूर्ण आकंडाहरु विशेष रूपले आर्थिक र शेयर बजारहरू कृतिम रुपले उठाउने झूठो र बहादुरीमा केन्द्रीत गरेका छन्। ब्रेक्जिट अर्थ व्यवस्थामा किर्नो टाँसिएझैं टिकाइराख्न उत्साही भएका बोरिस जोनसोनले ट्रम्पको एपिगोन अर्थतन्त्रमा हस्तक्षेप गर्नका लागि सस्तो अवन्ध नीति विकल्पका रुपमा केही समयका लागि परीक्षण गरे र सकेसम्म धेरै ब्रिटनहरू संक्रमित गर्न र ‘सामूहिक प्रतिरक्षा’लाई बढावा दिन अनुमति दिए। श्रमजीवी वर्गका जनता, जो आफ्ना धेरै जीवनका साथ यो बहादुरीका लागि आफ्नो जीवनको मूल्य चुकाउने छन्।
के पूँजीवादका शिल्पशास्त्री नरमपन्थीहरू अत्युत्तम छन् ? संयुक्त राज्य अमेरिकामा महामारी व्याप्त भएको बेला त्यहाँको राजनीतिक स्थायित्वको भर्खरै तिनीहरूले वर्षौंको ठूलो राजनीतिक विजयोत्सव मनाएका थिए। तिनीहरु डोनाल्ड ट्रम्पबाट छुटकारा पाउन कहिल्यै सफल भएनन्। परन्तु तिनीहरुले सायद स्वास्थ्य प्रणालीबाट तर्कसंगत मुनाफा लिन अमेरिकालाई सुझाव दिनका लागि हिम्मत गरी वर्नी स्यान्डरलाई नकआउट धक्का दिन अन्तमा सम्झौता गरे। ती “ओवामा विडेन प्रजातान्त्रिक”, जसले अमेरिकाको मुनाफामुखी स्वास्थ्य सेवाको रक्षा गर्नका लागि पराक्रमपूर्वक परिश्रम गरे। तिनीहरु आफ्नो प्रिय मुनाफामुखी स्वास्थ्य प्रणाली छिट्टै आफ्नो मुनाफामुखी काममा सक्षम भएको देख्नेछन्।
यहाँ अहिले अष्ट्रेलियामा विपत्ति अस्वीकार गर्ने कुख्यात पेन्टेकोस्टल प्रधानमन्त्री स्कट मोरिसनलाई यो सजिलै उपहास गर्न काफी थियो, जसले सार्वजनिक स्थानहरुमा प्रतिबन्धको प्रबन्ध गर्न ढिलाई तबसम्म गरे, जबसम्म उनको अनुग्रह प्राप्त हिल्संङ चर्चले तिनीहरुका सप्ताहन्तभरिका ठूला समारोह समापन गरेन। मोरिसन गन र गनपाउडर (आगो र गन्धक) का सच्चा विश्वासी हुन् र झन विश्रृंखलित भएको उनको राजनीतिक पार्टी व्यापारकेन्द्रीत राजनीतिक परियोजनाका लागि सक्रीय समूह समर्थित आधारका रुपमा रहेका इसाई चरमपन्थीहरूमा निर्भर छ। भिक्टोरियाका बहुचर्चित सामाजिक दृष्टिमा प्रगतिशील शिल्पशास्त्री, प्रमुख डेनियल एन्ड्र्युस, पनि यिनसँग धेरै समान थिए।
एन्ड्र्युसले मेलवर्नमा रहेको फर्मुला वान ग्राण्ड प्रिक्स्मा भएको सार्वजनिक भेलामाथि रोक लगाउनमा हस्तक्षेप गर्न अस्वीकार गरे। जुन दौड निर्धारित समय सुरु भएपछिको अन्तिम मिनेटपछि, अन्तिम घण्टापछि पनि आयोजकद्वारा बन्द गरिएको थिएन। समयसँगै जतिबेला रद्द गर्ने घोषणा गरियो, त्यतिबेलासम्म हजारौं शुभचिन्तकहरू निकट सनिध्यताभित्र घण्टौंका लागि लाममा लागिरहेका थिए। आखिरमा त्यहाँ त्यो दौडमा प्रशस्त दौलत थियो । आर्थिक होडबाजीमा आधारित यस संसारमा तपाईको पैसा काट्ने ठूलो प्रतिस्पर्धा रद्द गर्न को पहिला हुन चाहन्छ ?
मुनाफा, प्रतिस्पर्धा, असमानता र असत्यले नोवेल कोरोना भाइरसलाई बढ्दो विश्वव्यापी विनाशमा परिणत गरिदिएको छ। पृष्ठभूमिमा प्रत्येक दिन र अहिले प्रत्येक घण्टाले बन्द सीमानाहरुका, बन्द शहरहरुका, एकाएक गायब भएका अस्पतालहरूका धेरै समचारहरु ल्याउँछन्। परन्तु बढ्दै गएको प्रत्येक अस्पष्टता मुनाफा संयन्त्र रुपको एउटा आर्थिक दुर्घटनाको खतरा हो। जस्तो मुनाफा संयन्त्रको यो प्रणाली, जसद्वारा पूँजीवादले आजको धनलाई भोलिको समाजिक संगठन विघटन गर्नमा परिणत गर्दछ।
अष्ट्रेलियाको निजी स्तरको स्वामित्वमा रहेका, नाफामुखी बन्दरगाहहरुले तिनीहरुको बिबरण एक महिनामा केवल एकपटक जारी गर्छन्। तर यातायात मजदुर संघका केही सदस्यहरु पहिल्यै असी प्रतिशत जलयात्रामा ह्रास आएको रिपोर्टिङ गरिरहेका छन्। बजारआधारित समाजले प्राकृतिक प्रकोपलाई आर्थिक उत्थानमा परिणत गर्दछ।
प्रणालीको तर्कहिनताको तपाईलाई अरु के प्रमाण चाहिन्छ ? किन एक यस्तो प्रणाली स्वीकार गर्ने ? जसले हामीलाई केवल भाइरसद्वारा मात्र बर्बाद पार्दैन, साथै त्यसपछि गरिबीको सास्तीद्वारा बर्बाद पार्छ।
पछिल्लो आर्थिक दुर्घटना एक दशक पहिले मात्र भयो। संकटले राजनीतिक परिवर्तन गरिदिन्छ। यसले हालत पूर्ण रुपमा बिक्षुप्त बनाउँछ। जबकि यो स्पष्ट रुपमा टुक्रिरहेको छ भने यथास्थितिमा किन स्वीकार गर्ने ? संकटले हामीलाई भ्रान्तिहरुको सामना गर्न बाध्य पार्न सक्छ। यसले तिनीहरु जे हुन्, त्यसका लागि शक्तिशाली खुलासा गरिदिन सक्छ।
पछिल्लो संकट, सन् २००८ को वित्तीय दुर्घटनाले अति ठूलो राजनीतिक उथलपुथलको नेतृत्व गर्यो। जनआन्दोलनले अधिक मात्रामा संसारलाई नै बढार्यो। क्रान्तिहरुले तानाशाहरुको शासन ढाल्यो। नवउदारवादी मध्यवामपन्थी र दक्षिणपन्थी पपुलिस्ट शक्तिहरूको आकर्मणमा पर्यो। पुराना राजनीतिक पार्टीहरु र पुरानो वैचारिक निश्चितताहरुको लडाइँ सुरु भएको छ।
त्यो धेरै रुपान्तरणद्वारा आकार दिएको संसारमा अहिले हामीले नयाँ संकटको सामना गरिरहेका छौं।
जतिबेला धेरै वाम लोकतान्त्रिकका चुनौतिहरुले तिनीहरुको उर्जा समाप्त गरिदिएको छ र तिनीहरू चुनावी राजनीतिका साथ विश्व पूँजीवादको तर्कलाई वास्तविक चुनौति दिन असफल भइरहेका छन्, त्यतिबेला ती दक्षिणपन्थी लोकतान्त्रिक शक्तिहरु संसारका धेरैजसो भागमा स्थापना भए।
प्रणाली फेरि असफल हुन नदिउँ। यही समय वरिपरि, हामीलाई मुल रुपमा अझै केही कठ्ठरपन्थी हुन आवश्यक छ। केही कुरा, जसले नयाँ सामाजिक आन्दोलनहरुका जनसंघर्षलाई पूँजीवादविरोधी क्रान्तिकारी राजनीतिसँग जोड्दछ। जो अधिकार लिन र प्रणालीको सामाजिकीकरणमा आधारित होइन। तर यसलाई टुक्राटुक्रामा चुरा पारी यसको ठाउँमा नयाँ विश्वको प्रतिस्थापन गर्नुपर्छ।
अन्तर्राष्ट्रिय संघर्षको लामो भुइँचालोद्वारा हल्लाएको बेला विश्वमा कोभिड-१९ को जन्म भएको थिया। ८ देखि १० जनवरीसम्म तीन दिनसम्मको अवधिमा अस्ट्रेलियाको जंगलमा लागेको विनाशकारी डढेलोले निम्त्याएको पारिस्थितिक महाविपत्तिको विरोधमा संगठनले आयोजना गरेको राष्ट्रिय विरोध प्रदर्शनमा सयौं हजार सहभागी भएर बिरोध जनाए, जसलाई रेड फ्ल्याग (वैकल्पिक सामाजवादी (Red Flag Scientific Alternative) ले प्रकाशित गरेको छ। फ्रान्सका श्रमजीवी वर्गले राष्ट्रिय हड्तालहरुमा सडक तताएर वर्तमान समयकै महत्वपूर्ण मजदुर आन्दोलनहरूमध्यको एक मजदुर आन्दोलनलाई पुनर्जीवित गरेको छ र चिनियाँ वैज्ञानिकहरूले घोषणा गरेका छन् कि वुहानमा न्युमोनियाका सम्भाव्य घटनाहरुलाई कोरोना भाइरसको नयाँ तनावसँग जोडिएको छ। संसारमा बढ्दै गइरहेको यो भाइरसले विश्वलाई विष्फोट हुन तयार गरेको छ। अहिलेका लागि त्रास र एकान्तवास भनेका यो महामारीका मुख्य सामाजिक असरहरू हुन्। कयौं संकटले पहिले दुर्बलताको भावलाई भड्काउछन्। तर त्यो कथाको एक पक्ष मात्रै हुनेछ।
प्रतिबन्धहरु, व्यपारिक मन्दिरहरु र महामारीहरुले मानिसहरुलाई डराउँछन् र एक्लो बनाउँछन्। परन्तु तिनीहरूले शक्तिशाली हुनका लागि प्रतिरोध, एकता र घृणालाई प्रेरणा समेत दिन सक्छन्। वुहानका निवासीहरु, जसले आफ्ना टावर ब्लकहरूमा ताल्चा लगाएका छन्, हङ्कङमा जनआन्दोलनको नारा “तेल जोड” जसले चिनियाँ कम्युनिस्ट पार्टीलाई चुनौती दियो, तिनीहरूले आफ्ना कौसीहरूमा त्यही नारा लिएर लगाए।
त्यो चिलियनहरुबाट प्रभावित थियो, जसले दक्षिणपन्थी सरकारले तिनीहरुका विरोध प्रदर्शन रोक्ने प्रायोजनले मौन निषेधाज्ञा जारी गरेको बखतमा आफ्ना कौसीहरुबाट गीतहरु र वामपन्थी गीतहरु पालैपालो गाएका थिए। अहिले यो गायन लकडाउन शहर इटालीमा फैलिएको छ।
जहाँ श्रमजीवीहरूका बीचमा तिब्र हडतालहरूका तरंग अचानक पहिल्यै देखा परेका थिए। किनकि, तिनीहरुका मालिकहरूले असुरक्षित अवस्थामा तिनीहरूलाई काम जारी राख्न माग गरिरहेका थिए।
आउन लागेको संकट सन् २००८ को संकटभन्दा भिन्न छ। यो जनसंघर्षको प्रार्दुभावपछाडि प्रारम्भ हुन्छ, नवउदारवाद पछिल्लो मन्दीको दुष्परिणामद्वारा सुरुदेखि नै वैचारिक रुपमा चकनाचुर भइसकेको थियो, मध्यवाम लोकप्रितावादको पुनरुत्थानपछि यसले पहिल्यै आफ्ना सीमाहरू संकेत गरिसकेको थियो। यो संकट तब आयो, जब विश्वका शासकहरुले आफ्नो प्रतिक्रियामा तिनीहरुले अन्तिम संघर्षको तरङ्गमाथि प्रष्ट बर्बरता देखाए, जसमा मध्यपूर्वका लोकप्रिय आन्दोलनहरुमा उनीहरुको भौतिक उन्मूलन, मध्यवाम पार्टीहरुमा उनीहरुको दुखद विनास, जसले चुनावी प्रक्रियाका माध्यमबाट कानुनहरुद्वारा खेलेर काम गर्ने प्रयस गरे र नयाँ फासिवादप्रेरित दक्षिणपन्थी आन्दोलनहरुसँग तिनीहरुको मेलमिलाप गराउने, जसलाई पूंजीवादी राजनीतिको मूल प्रवाहमा झन शासकीय भूमिका दिइएको छ।
आउने दिनहरु, आउने हप्ताहरु, आउने वर्षहरु अप्रत्यासित हुनेछन्। स्थिरता र अस्थिरता, विद्रोह र शान्त, यसको आफ्नै संकटसँग डटेर मुकाविला गर्न एकअर्कामा वृद्धि हुनेछ र एउटा प्रणालीजस्तै एउटाबाट अर्कोमा प्रवाहित हुनेछन्। जस्तो श्रमिक वर्ग यसको आफ्नै स्थायित्वका लागि लड्छ। तर पूँजीवादी व्यवस्था कुनै पनि समाजलाई अब लामो समयसम्म संगठित गर्न अक्षम छ भन्ने कुरा पूँजीवादी प्रणालीले नै प्रमाणित गरेको छ। त्यसैले, जे-जस्तो भए पनि आउने समयमा महत्वपूर्ण कुरा भनेको जो-सुकैले पनि तिनीहरुले आफैलाई त्यस प्रणालीका लागि एक क्रान्तिकारी प्रतिपक्षको निर्माणमा समर्पित गर्न सक्नु हो कि जुन प्रणालीले हामीलाई यस विन्दुमा ल्याई पुर्याएको छ।



लाेकपाटी न्यूज

