आज सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

लोकपाटी न्यूज

काठमाडौं, २५ असार। बिहिबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहीबारको सुनको मूल्य हालसम्मकै उच्च रहेको छ।

बुधबारको तुलनामा आज (बिहीबार) सुन प्रतितोला ९ सय रुपैयाले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजाबी सुन ९१ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर ९ सय ८० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्