काठमाडौं, ९ असार। नेपाली बजारमा सुनको मूल्य मंगलबार सामान्य घटेको छ। सोमबार प्रतितोला ९१ हजारमा कारोबार भएको सुन आज भने ४ सय रुपैयाँले घट्दै ९० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ९४० मा कारोबार भइरहेको छ। आइतबार पनि सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो। आज चाँदी पनि आइतबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


लोकपाटी न्यूज