सुनको मूल्यमा नयाँ कीर्तिमान, आजको बजार भाउ कति ?

लोकपाटी न्यूज

काठमाडौं, २७ जेठ। साताको तेस्रो दिन आज सुनको मूल्य दुई सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज सुनको मूल्य प्रतितोला ८७ हजार सात सय रुपैयाँ पुगेको छ। जुन आजसम्मकै उच्च हो।

सोमबार सुनको मूल्य प्रतितोला ८७ हजार पाँच सय थियो। यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार २६५ तोकिएको छ। चाँदी आज प्रतितोला ९३० रुपैयाँमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्