जेठ २४ गतेदेखि बजार खोल्ने उद्योगी व्यवसायीको निर्णय

jhapa_bazar
लोकपाटी न्यूज

झापा, २१ जेठ। जेठ २४ देखि बजार खोल्ने झापाका उद्योगी व्यवसायीले निर्णय गरेका छन्। मेचीनगर उद्योग वाणिज्य संघ धुलाबारीको आयोजनामा मंगलबार जिल्लाका सबै उद्योग वाणिज्य संघहरूसँग गरेको बैठकले ६ बुँदे निर्णय गर्दै जेठ २४ देखि जिल्लाका सबै बजार खोल्ने निर्णय गरेका हुन्।

झापाका उद्योग व्यवसायीले लकडाउनका बेला बजार खोल्ने निर्णय गरेका हुन्। लकडाउनका कारण हाल बन्द अवस्थामा रहेका सबै प्रकारका उद्योग कलकारखाना, बजार व्यवसायलाई प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खोल्ने व्यवस्था मिलाइदिन प्रशासनसँग अनुरोध गर्दै जेठ २३ सम्ममा जिल्ला प्रशासन कार्यालयले आवश्यक निर्णय नगरे जेठ २४ देखि स्वतः सबै व्यवसाय खुला गर्ने बैठकले निर्णय गरेको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाले बताए।

यस्तै, अति संवेदनशील क्षेत्रहरू चलचित्र घर, पार्टी प्यालेस, जिम खाना, होटेल, रेस्टुरेन्ट भने बन्द नै राख्ने निर्णय गरेको छ। रेस्टुरेन्ट तथा खाजा घरको हकमा भने अधिकतम सुरक्षा सावधानी अपनाएर होम डेरीभरी तथा अर्डरअनुसारको सेवा सञ्चालन गर्ने, औषधि, डेरी, कृषि सामग्री मल बिउविजन, भेटनरी र बैंक तथा वित्तीय संस्थाहरू नियमित सञ्चालन गर्न पाउनुपर्ने निर्णय गरेको समेत गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्