एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्याम्प नाउमा पूर्वसहकर्मी जाभीको भूमिकामा खेल्न सक्ने बताइएको छ। बार्सिलोनाका पूर्वअसिस्ट प्रशिक्षक डोेमेनेक टोरेन्टले मेस्सीको गतिमा कमी आएको अवस्थामा उनले जाभीको स्थानमा खेल्न सक्ने बताएका छन्।
वर्षौंदेखि मेस्सीले बार्सिलोनाको अग्रपंक्ति सम्हाल्दै क्लबलाई धेरै सफलता दिलाएका छन्। उनी अर्को महिनामा ३३ वर्ष पुग्नेछन्। क्याम्प नाउमा टोरेन्ट, पेप गार्डियोलाको सहयोगीका रूपमा मेस्सीसँग काम गरेका थिए।
उनले मेस्सी धेरै बुद्धिमान खेलाडी भएको भन्दै केही वर्षमा उनले चाहे भने पूर्वसहकर्मी जाभीको भूमिकामा खेल्न बताए। मेस्सीले क्रमिक रुपमा आफ्नो गतिमा कमी आएको स्थितिमा खेल्न चाहन्छन् भने सेन्ट्रल मिडफिल्डरको रूपमा खेल्न सक्ने बताए। आफ्ना लागि मेस्सी अतुलनीय खेलाडी भएको र आफ्नो जीवनमा त्यस्तो खेलाडी नदेख्ने टोरेन्टले बताए।



लोकपाटी न्यूज

