आइपिएल अनिश्चितकालका लागी स्थगित

लोकपाटी न्यूज

काठमाडौं, ३ बैशाख। बुधबारदेखि सुरु गर्ने भनिएको यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ। कोरोनाविरुद्ध लड्न भारत सरकारले लकडाउन अवधि बढाएपछि अप्रिल १५ बाट हुने तय भएको आईपीएल स्थगित हुन पुगेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सम्बोधन गर्दै लकडाउन अवधि मे ३ सम्मका लागि थपिएको बताएका थिए। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आइपिएल स्थगित गरिएको सबै फ्रेन्चाइज टिमलाई जानकारी दिएको छ। अब आइपिएल कहिले हुने विषयमा निश्चित छैन।

बीसीसीआई अध्यक्ष गांगुलीले बारम्बार देशले संकट झेलेका बेला खेल प्राथमिकतामा नरहने भन्दै आएका छन्।आईपीएलको १३ औं संस्करण सुरुमा मार्च २९ देखि मे २४ सम्म हुने तय भए पनि कोरोना भाइरसको संक्रकणका कारण बीसीसीआईले मार्च १३ मा आईपीएल स्थगन गर्दै अप्रिल १५ मा गर्ने जनाएको थियो।