डिजेल-पेट्रोलको मूल्य १० रुपैंयाँले घट्यो

Nepal oil corporation
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं, १९ चैत। नेपाल आयल निगम लिमिटेडले नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। कोरोना भाइरस संक्रमणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट अनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

१ अप्रिल २०२० मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल र मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ।

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्