आयकर तथा भ्याट सम्बन्धी सरकारका पाँच घोषणा

Tika Karki
लोकपाटी न्यूज

टीकाराम कार्की। नेपाल सरकारले कोरोना महामारीको कारण व्यापार व्यवसायमा परेको प्रभाव आंकलन गर्दै आयकर तथा मूल्य अभिवृद्धि करअन्तर्गत निम्नानुसार राहत घोषणा गरेको छ।

(१) मूल्य अभिवृद्धि करबमोजिम फागुन महिनामा मासिक, द्वैमासिक, दोश्रो चौमासिक अवधिको कर विवरण तथा कर दाखिला गर्ने समय २५ चैत्र २०७६ बाट २०७७ साल बैशाख २५ गते सम्म कायम गरिएको छ।

(२) आयकर ऐनअनुसार फाल्गुन महिनाको इटिडिएस बिवरण तथा टिडिएस रकम भुक्तानीको समयसीमा पनि २०७७ साल बैशाख २५ गतेसम्म कायम गरिएको छ।

(३) साथै आयकर ऐन अनुसार चैत्र मसान्त सम्ममा दाखिला गर्नुपर्ने दोस्रो किस्ता वापतको रकम समय बढाएर २०७७ साल बैशाख मसान्तसम्म कायम गरिएको छ।

(४) कुनै व्यक्तिले आर्थिक वर्ष २०७६÷०७७ मा नेपाल सरकार तथा प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा घटाउन पाउने गरी खर्च कट्टी गर्न पाउने व्यवस्था गरिएको छ।

(५) यसैगरी, सरकार, निजी वा सामुदायिक क्षेत्रले स्वास्थ्यसँग सम्बन्धित सामाग्री आयात गर्दा भन्सार माफ गरी आयतलाई प्रबर्धन गर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्