काठमाडौं, ९ चैत। नेपाली क्रिकेट टिमका अलराउन्डर पारस खड्काले कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले लिएको निणर्यमा साथ दिन आग्रह गरेका छन । आज समाजिक सञ्जालमा एक भिडियो सन्देश राख्दै उनले सबैलाई आ-आफ्नो ठाउँबाटजिम्मेवारी लिन आग्रह गरेका हुन।
‘मलाई थाहा छ यो हाम्रा लागि सजिलो समय होइन। सबै जना घर बसेर अत्यावश्यक काम बाहेक बाहिर नगइ नेपाल सरकार र सम्बन्धित सबै पक्षलाई सहयोग गर्न मेरो र क्रिकेट टिमको तर्फबाट आग्रह गर्न चाहन्छु,’ पारसले भिडियो सन्देशमा भनेका छन, ‘यो बेलमा हामीले जिम्मेवारी लिनु महत्वपूर्ण हो। यो बेला सबैले आआफ्नो तर्फबाट जिम्मेवारी लिने हो भने आगामी दिनमा यो पस्थितिबाट अगाडि बढ्नका लागि सजिलो हुनेछ। हामी सँगै भएर विश्वव्यापी महामारीविरुद्ध लडौ।’
सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न विभिन्न निर्णयहरु लिईसकेको जसबाट एभरेस्ट प्रिमियर लिग सरेको छ भने नेपाली क्रिकेट टिमले अप्रिल अन्तिम साता विश्वकप लिग २ खेल्ने नामिबिया जाने कार्यक्रम स्थगित हुने निश्चित छ।



लोकपाटी न्यूज

