आयल निगमले आज ग्यास बाँड्दै, कुन ग्यास कहाँ पाइन्छ ?

nepal-oil-nigam-2-
लोकपाटी न्यूज

काठमाडौं, ९ चैत। कोरोना भाइरसका त्राससंगै उपत्यकामा एलपी ग्याँसको अभाव तथा कालोबजारी हुन थालेपछि नेपाल आयल निगमले आज उपत्यकाका विभिन्न ठाउँबाट ग्याँस वितरण गर्ने भएको छ।

आम उपभोक्ताले सहज रुपमा ग्यास नपाएको गुनासो बढेपछि काठमाडौं उपत्यकामा कारोबार गर्ने ग्याँस कम्पनीहरुले ग्यास वितरण गर्ने भएका हुन। आज बेलुकी ५ बजेसम्म उपत्यकाका विभिन्न स्थानबाट एलपी ग्यास वितरण हुने आयल निगमले जनाएको छ।

कुन ग्यास, कुन ठाँउबाट वितरण हुँदैछन्:

१। नेपाल/तारा ग्याँस – बीएमसी कर्नर बालाजु, अनामनगर स्टोर, अनामनगर, एसएस स्टोर, सातदोबाटो
२। सगर/चण्डी ग्याँस – बिक्री डिपो, जडिबुटी
३। एचटीसी ग्याँस – साल्ट टे«डिङ कर्पोरेशन कालीमाटी, जडिबुटी गोदाम
४। ओम ग्याँस – आदर्श स्टोर थली, डाँछी, उत्सव खड्का नैकाप
५। बाबा/श्री/लुम्बिनी ग्याँस – भद्र फ्युल सेन्टर कपन, इलाइट स्टिल अगाडि, धुम्बाराही
६। एचपी ग्याँस – असीम किचेन एण्ड ग्याँस सप्लायर्स
७। सिद्धार्थ ग्याँस – केसी एलपी ग्याँस सप्लायर्स, इमाडोल
८। श्री माया ग्याँस – कम्पनीको डिपो, सतुंगल
९। लोकप्रिय ग्याँस – भान्जा ट्रेडर्स, नैकाप
१०। सूर्य ग्याँस – जोशी भीमसेन स्टोर, जगाती
११। गीता ग्याँस – टोयटा शोरुमको अगाडि धुम्बाराही
१२। राजधानी ग्याँस –बिक्री डिपो, सीतापाइला
१३। हिमाल ग्याँस – प्रयास टेडर्स एण्ड सप्लायर्स, भगवती बहाल
१४। नमस्ते – कुमार स्टोर, कागेश्वरी मनहरा
१५। भानु ग्याँस – लीला ग्याँस डिपो, गोंगबु
१६। एभरेष्ट/सुगम ग्याँस – ग्याँस एण्ड अक्सिजन ट्रेड, सिफल
१७। श्रीराम ग्याँस – सेल्स डिपो, हरिसिद्धी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्