मेस्सी बने सर्वाधिक कमाइ गर्ने खलाडी, रोनाल्डो दोस्रो स्थानमा 

lionel-messi
लोकपाटी न्यूज

काठमाडौं,५ चैत। बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सर्वाधिक कमाइ गर्ने खेलाडीको पहिलो स्थानमा परेका छन्। ५० खेलाडीमध्ये मेस्सी सन् २०१९ मा सर्वाधिक कमाइ गर्ने विश्वका शीर्ष स्थानमा परेका हुन्। उनले २०१९ मा झण्डै १२७ मिलियन युरो कमाइ गरेका छन्।

यस्तै, पोर्चुगल तथा युभेन्टसका खेलाडी क्रिस्टियानो रोनाल्डो सर्वाधिक कमाइ गर्ने खेलाडीको दोस्रो स्थानमा परेका छन। उनले २०१९ मा झण्डै १०९ मिलियन युरो कमाएको एक सर्वेक्षणले देखाएको छ। पीएसजीका स्टार नेयमारले सन् २०१९ मा झण्डै १०५ मिलियन युरो कमाएर तेस्रो स्थानमा रहेका छन् भने म्यानचेस्टर युनाइटेडका पोग्वा ४४ औँ स्थानमा छन्। उनले ३३ मिलियन युरो कमाइ गरेको बताइएको छ।

बार्सिलोनाका पूर्व खेलाडी इनिइस्टा सूचीको ४६ औँ स्थानमा रहेका छन्। उनले ३२ मिलियन युरो कमाइ गरेको सर्वेक्षणले देखाएको छ।