काठमाडौ, ५ चैत। मंगलबारको तुलनामा नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ ।मंगलबार तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा ७१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार पनि यही मूल्यमा कारोबार भएको हो ।


लोकपाटी न्यूज