काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरेको छ । सन्दीप लामिछानेले नेपालका लागि पलिलो सफलता दिलाएका हुन् । आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
खेलको दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले आयन होल्याण्डलाई आउट गराएका हुन् । उनले होल्याण्डलाई क्याच आउट गराए । दुई ओभरको खेल सकिँदा अमेरिकाले एक विकेट गुमाएर ५ रन बनाएको छ ।
आजको खेलमा जित निकाल्दै नेपाल सिरीजमा दुई अंक बटुल्न चाहन्छ । पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ३५ रनले हराएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको नेपाल आफ्नो तेस्रो खेलमा ओमानसँग नै ८ विकेटले पराजित भएको थियो ।



लोकपाटी न्यूज

