प्रतिखेल पाँच हजार पारिश्रमिक पाउने

Can
लोकपाटी न्यूज

काठमाण्डौ । एकदिवसीय तथा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने खेलाडीले एक खेल खेले बापत ५ हजार पारिश्रमिक पाउने भएका छन् ।
नेपाल क्रिकेट सङ्घ क्यानको मङ्गलबार बसेको कार्यसमितिको बैठकले यो निर्णय गरेको हो ।सन् २०२० को जनवरीदेखि लागू हुने गरी यो पारिश्रमिक दिइने गरी क्यानले यस्तो निर्णय गरेको हो ।

यसअघि नेपाली खेलाडीले खेले बापत पारिश्रमिक पाउने गरेका थिएनन् । यसैगरी राष्ट्रिय क्रिकेट टोलीको खेलाडीको वर्गीकरण गर्नका लागि समिति गठन गरिएको क्यानले जनाएको छ । खेलाडी वर्गाीकरणका लागि क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह संयोजक तथा केन्द्रीय सदस्य दुर्गाराज पाठक र अमितवीर पाण्डे सदस्य रहेको समिति गठन गरिएको छ ।

समितिले पुरुषतर्फ २४ खेलाडीलाई ए प्लस, ए, बी र सी श्रेणीमा विभाजन गरी क्यानलाई सूची बुझाउने छ । समितिले महिलातर्फ १८ खेलाडीलाई ए, बी र सी श्रेणी विभाजन गरी क्यान समक्ष सूची पेस गर्नेछ । यसरी श्रेणीबद्ध गरिएका खेलाडीले वर्गीकरण गरिएअनुसार पारिश्रमिक पाउनेछन् । यसअघि पुरुष खेलाडीले मात्र पारिश्रमिक पाउँदै आएका थिए । आउँदो चैत तेस्रो साता पुरुष सिनियर एकदिवसीय प्रतियोगिता आयोजना गर्ने क्यानले निर्णय गरेको छ ।