अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

cricket
लोकपाटी न्यूज

काठमाडौं । नेपालले अमेरिकाविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले अमेरिका विरुद्ध ब्याटिङ गरेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको खेलमा पहिलो ओभरको खेलमा नेपालले २ रन बनाएको छ।

ओमानविरुद्धको पहिलो खेलमा नेपाल १८ रनले पराजित भएपछि यो खेल नेपालका लागि परीक्षाको रूपमा पनि रहेको छ। तर नेपालको ब्याटिङ लाइनमा सुधार गर्नुपर्ने देखिएको छ। पहिलो खेलमा अर्धशतकीय पारी खेलेका भरपर्दा ब्याट्स्म्यान शरद भेषावकरलाई नेपालले गुमाउन पुगेको छ।

ओमानविरुद्ध ५५ रन बनाएका उनी चोटका कारण १० दिन आराम गर्नुपर्ने चिकित्सकले बताएका छन्। उनको स्थानमा सुबास खकुरेललाई ओपनिङमा ल्याइएको छ। यस्तै अमेरिका पनि पहिलो जितको खोजीमा रहेको छ। ओमानविरुद्ध उसले ६ विकेटको हार व्यहोरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्