काठमाडौं, ९ माघ । सुनचाँदीको मूल्य बिहीबार पुनः उकालो लागेको छ। अघिल्लो दिन सामान्य ओरालो लागेको सुनको भाउ आज पुनः बढेको हो। अन्तर्रा्ष्ट्रिय बजार पच्छयाउँदै बिहीबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले बढेर ७५ हजारमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो ५ सयले घटेर ७४ हजार ८ सयमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि तोलामा ५ रु. पैयाँले बढेर ८ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ। यतिखेर अन्तर्रा्ष्ट्रिय बजारमा सुन प्रति औंन्स १५ सय ५५ डलर हाराहारीमा कारोबार भैरहेको छ।


लाेकपाटी न्यूज